अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश

  चैत १५, २०७९

काठमाडौँ, १५ चैत : प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेश गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १९ गते अपराह्न १ बजे बस्नेछ । रासस

तपाईको प्रतिक्रिया