नेपाल शिक्षक सङ्घ मुस्ताङको अध्यक्षमा श्रेष्ठ

  फागुन २८, २०७९

मुस्ताङ, २८ फागुन । नेपाल शिक्षक सङ्घ मुस्ताङको नवौँ जिल्ला अधिवेशनले गोविन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा खिमबहादुर गुरुङ, महिला उपाध्यक्षमा नभिना तुलाचन, सचिवमा विष्णु थकाली, सचिव ९अर्थ०मा रामचन्द्र पराजुली, सहसचिवमा मनदेवी गौचन, देवराज पाण्डे, तुलप्रसाद गौचन, नीरज गौचन रहनुभएको छ । समितिका सदस्यहरूमा नवराज पौडेल, दीपक तुलाचन, भुविन्द्र गौचन, मानबहादुर चौधरी र रामचन्द्र उपाध्याय रहनुभएको छ ।

त्यस्तै प्रदेश प्रतिनिधिमा प्रमिश गौचन, महेश दबाडी, लक्ष्मी शर्मा र राम परियार रहनुभएको छ भने सङ्घ प्रतिनिधिमा राजु श्रेष्ठ, अनन्तराज आचार्य, शारदा शेरचन र रामचन्द्र अधिकारी रहनुभएको छ । यसअघि अधिवेशनको उद्घाटन सत्रमा तत्कालीन संविधानसभा सदस्य एवं पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीले मुस्ताङ जिल्लाको विकासको मुख्य आधार मुस्ताङी जनताको अथक मेहनत र लगनशीलता रहेको बताउनुभयो ।

जिल्लाको विकास र समृद्धिको मुख्य संवाहक नै मुस्ताङी जनता भएको जनाउँदै नेपाली कांग्रेस मुस्ताङका सभापतिसमेत रहनुभएका गौचनले यहाँको समृद्धि र विकासमा कांग्रेस सधैँ साथमा रहने बताउनुभयो । “विगत जे–जस्तो भए पनि अबको बाटो सकारात्मक छ, त्यही बाटोलाई पछ्याउँदै अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशका उपमहासचिव राजु श्रेष्ठले विगत लामो समयदेखि शिक्षकको पेसागत समस्या समाधान र शिक्षाको विकास गर्न सङ्घ निरन्तर लागिपरेको बताउनुभयो ।

नेपाल शिक्षक सङ्घ मुस्ताङका निवर्तमान अध्यक्ष अनन्तराज आचार्यले विसं २०४७ वैशाख ३० गते जिल्लामा थोरै शिक्षकहरूको पहलमा सङ्घको स्थापना भएको बताउनुभयो । उहाँका अनुसार श्री जनावाल मावि मार्फाका तत्कालीन प्रधानाध्यापक टेकबहादुर राणाको पहलमा सङ्घको स्थापना भएको थियो । कार्यक्रममा मुस्ताङको थासाङ गाउँपालिकाका उपप्रमुख सोमल हिराचन, सङ्घका वरिष्ठ सदस्य उदय नेपाली, शिक्षक माधवजी भण्डारीलगायतले बोल्नुभएको थियो ।

शिक्षक सङ्घको अध्यक्षमा लिम्बू

ताप्लेजुङ– नेपाल शिक्षक सङ्घ ताप्लेजुङको अध्यक्ष पदमा रामप्रसाद ९लाबुङ० लिम्बू चयन हुनुभएको छ । गए राति सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट लिम्बूको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा भक्तबहादुर लिम्बू, महिला उपाध्यक्षमा रीता सेनेहाङ, सचिवमा चन्द्रमणि पौडेल रहनुभएको छ ।

यस्तै सचिवमा विजयकुमार थापा र सहसचिवमा अनिल बानियाँ रहनुभएको छ । महिला सहसचिवमा एलिसा केदेम, अर्थ सहसचिवमा देवीमाया थापा, समावेशी सहसचिवमा दिलेन्द्र गुरुङ र भीमकुमार लिम्बू सर्वसम्मत चयनहुनुभएको छ ।

प्रदेश प्रतिनिधिमा छजना र सङ्घीय प्रतिनिधिमा दुई

तपाईको प्रतिक्रिया