२४ घण्टामा थप ५९ जनामा कोरोना पुष्टि

  कार्तिक १६, २०७९

काठमाडौं, कात्तिक १६ : पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट तीन हजार ६४२  जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको हो ।

एक हजार ६०२ जनाको पीसीआर परीक्षण गर्दा ४६ र दुई हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २१ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सोही समय कोही पनि सङ्क्रमितको मृत्यु भएको छैन भने  आठ हजार ९४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।  हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५५३  छ ।

तपाईको प्रतिक्रिया