देशभर मौसम सफा रहने

  कार्तिक १६, २०७९

काठमाडौं, कात्तिक १६ : देशभर मौसम बुधबार (आज) सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पनि विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया