काठमाडौं, कात्तिक ७ : ललितपुरमा आयोजित १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक व्यापार मेलाको ८१ लाखले अवलोकन गरेका छन् ।
ललितपुरको जावलाखेलमा आइतबार सम्पन्न भएको मेलामा अपेक्षाभन्दा बढीले अवलोकन गरेको फ्लोरिकल्चर एसोसिएसनकाका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो । मेलाको ४४ हजार पाँच सय बढीले अवलोकन समेत गरेको उहाँले जानकारी दिनुभयो ।
मेलामा ५५ वटा स्टहरु रहेका थिए । जसमध्ये ४९ वटा व्यावसायिक, दुई वटा प्रतिस्पर्धी, चार वटा सूचनामूलक स्टलहरू थिए। चार दिनसम्म चलेको मेला अपेक्षाभन्दा बढी सफल भएको उहाँको भनाइ छ। तिहार तथा छठ पर्वलाई लक्षित गर्दै गोदावरी फूलको मेला आयोजना गरिएको थियो ।






