ताप्लेजुङमा फोहोरको डङ्गुरमा भेटियो सुनका ८९ थान सुनका गहना

  कार्तिक ०५, २०७९

ताप्लेजुङ,कात्तिक ५ : ताप्लेजुङमा जंगलमा फालिएको फोहोरको थुप्रोपमा ८९ थान सुनका गहना फेला परेको छ ।

सुनका गहनाहरु फुङलिङ– ४ स्थित एक झाडीमा फोहोरको थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले बताए।

उक्त सुनका गहना असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

फेला परेको सुनको परिणाम निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

यसअघि चार लुटेरा प्रहरीले नियन्त्रणमा लिँदा लुटेराका साथबाट एक सय ४३ तोला सुनका गरहगना र नगद रु. ६ लाख १३ हजार तीन सय ४० प्रहरीले बरामद गरिएको थियो।

कञ्चन मनी ट्रान्सफर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

तपाईको प्रतिक्रिया