जनताको प्रतिनिधि भएर सेवा गर्ने मौका दिनुहोस् : सर्वेन्द्र खनाल

  कार्तिक ०४, २०७९

काठमाडौं,कात्तिक ४: नेकपा एमालेको तर्फबाट काठमाडौँ क्षेत्र नं. ६ का प्रतिनिधिसभा  सदस्यका उम्मेदवार सर्वेन्द्र खनालले चुनावी अभियान तीव्र बनाउनुभएको छ।

आज बिहान वडा नम्बर २६ मा भएको मतदातासँगको अन्तरक्रिया कार्यक्रममा उहाँले काठमाडौँ क्षेत्र नं. ६ लाई नमुना बनाउने बताउनुभयो ।

“यत्तिका समय प्रहरीमा रहेर देश र जनताको सेवा गरे, अब तपाईँहरूको प्रतिनिधि भएर सेवा गर्ने मौका दिनुहोस् ।”, उहाँले भन्नुभयो । “प्रतिनिधिसभामा तपाईँहरूको शिर उँचो बनाउने छु, यहाँका समस्या समाधानको लागि सार्थक पहल गर्नेछु”

कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार निरेशलाई सिंहले एमालेले जनतालाई सदैव माथि राखेको र काठमाडौँको विकास केपी शर्मा ओली नेतृत्वको सरकारले उचाइमा पुर्‍याएको बताउनुभयो  ।

नेता खनालले दिनहुँ मतदातासँग अन्तरक्रिया र भेटघाट गरिरहनुभएको छ ।

तपाईको प्रतिक्रिया