जीवन स्वस्थ राख्न योग आवश्यक : मन्त्री पौडेल

  असार ०७, २०७९

भक्तपुर, असार ७ : जिल्ला योग मूल समारोह समिति भक्तपुरको आयोजनामा भक्तपुरमा आज आठौँ अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न भएको छ । योगको महत्व दर्शाउँदै ‘जीवन स्वस्थ राख्न योग गरौँ’ भन्ने सन्देश दिँदै आयोजना गरिएको दिवसमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वस्थ्य जीवन बाँच्नका लागि योगको देन रहेको बताउनुभयो ।

मानसिकरूपमा खुसी र शारीरिकरूपमा स्वस्थ रहन योग आवश्यक रहेको चर्चा गर्दै उहाँले प्रकृतिसँग रमाएर बाँच्न सिक्नुपर्नेमा जोड दिनुभयो । योगलाई मानव जीवनसँगै लैजान सके भौतिक जीवनमा समृद्धि आउँछ भन्दै मन्त्री पौडेलले मन, वचन र कर्मलाई भित्री मनदेखि नै आत्मसात गर्दै जान सके जीवन सार्थक हुने बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले योगको महत्वमाथि प्रकाश पार्दै योग सबैको जीवनको अङ्ग बन्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया