ललितकलाकर्मी डङ्गोल र साहित्यकार निहारिका पुरस्कृत

  जेठ ०८, २०७९

काठमाडौँ, जेठ ८ : ललितकलाकर्मी गोविन्दलाल सिं डङ्गोललाई यस वर्षको ‘धुस्वाँ सायमी सिर्जना पुरस्कार’ प्रदान गरिएको छ । त्यसैगरी गरी यस वर्षको ‘गंकी धुस्वाँ–वसुन्धरा पुरस्कार’ साहित्यकार नीलम कार्की निहारिकालाई प्रदान गरिएको छ । गङ्की धुस्वाँ–वसुन्धरा प्रतिष्ठानले यहाँ आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलप्रति गङ्गाप्रसाद उप्रेतीले जनही रु ५० हजार राशिको सो पुरस्कार प्रदान गर्नुभयो ।

यसअघि सोही पुरस्कार क्रमशः सङ्गीतकर्मी रामेश श्रेष्ठ र लेखक मल्ल के सुन्दरलाई प्रदान गरिएको थियो । विसं २००३ मा काठमाडौँस्थित ब्रह्मटोलमा जन्मिनुभएका ललितकलाकर्मी डङ्गोलले हालसम्म देशविदेशमा एक दर्जनभन्दा बढी पटक एकल तथा सामूहिक कला प्रदर्शन गरिसक्नुभएको छ । स्वदेशमा नारायणहिटी दरबार, भक्तपुर म्युजिक एवं विदेशमा अमेरिका, जर्मन, जापान, थाइल्याण्डलगायत मुलुकमा उहाँका कलाकृति सङ्ग्रहित छन् ।

त्यसैगरी २०३१ सालमा पाल्पाको गाठादीमा जन्मिनुभएकी साहित्यकार निहारिका विशेष गरेर नारी स्वतन्त्रता र मानव हितका पक्षमा कलम चलाउँदै आउनुभएको छ । उहाँले ‘चीरहरण’ र ‘योगमाया’ प्रसिद्ध उपन्या लेखेर क्रमशः २०७२ सालमा प्रतिष्ठित ‘पद्मश्री साहित्य पुरस्कार’ तथा २०७४ सालको ‘मदन पुरस्कार’ प्राप्त गर्नुभएको थियो । कुलपति उप्रेतीले प्रतिष्ठानको नेपाली साहित्य र कलाकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरी साहित्य क्षेत्रलाई प्रोत्साहन गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष डा अरुण सायमीले प्रतिष्ठानको नेपाली भाषा र नेपालपना अन्य राष्ट्रिय भाषामा समेत लेखिएका उपन्यासलाई सम्मान र प्रात्साहन गर्ने उद्देश्यले साहित्यकार ललितकलाकर्मी डङ्गोल र साहित्यका निहारिकालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया