काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र भावनाका आधारमा आफूले विश्वासको मतको प्रस्ताव नराखेको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो, “आज विमर्श र छलफल भयो, राम्रो भयो । सबैले गम्भीर रूपमा आफ्नो धारणा राख्नुभयो । आफ्नो तर्फबाट धारणा मैले राखेको थिएँ । गम्भीरतापूर्वक राखे, आवेग र भावना राखेको होइन, धेरै ठक्करको निष्कर्षका रूपमा मैले प्रस्ताव राखेको हो ।”
उहाँले समीकरण बनिराखे पनि आफूहरू यही नै हुने बताउनुभयो । “अब देशलाई कता लैजाने निर्णय गर्ने जिम्मा प्रतिनिधिसभाको नै हो, मेरो नेतृत्वको सरकारले जादु ग¥यो भनेको होइन, समृद्धिका पक्षमा, सुशासन, सामाजिक न्यायको पक्षमा सुधारहरू भएका छन्”, उहाँले भन्नुभयो ।