बढ्यो गर्मी, उपत्यकाको तापक्रम ३३.८ डिग्री सेल्सियस

  जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : पछिल्ला दिनमा पानी पर्न छाडेपछि देशैभरको तापक्रम बढ्दै गएको छ । आइतबार उपत्यकाको तापक्रम ३३.८ डिग्री सेल्सियस पुगेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन पानी पर्ने सम्भावना न्यून रहेकाले तापक्रम बढ्ने सम्भावना छ ।विभागका मौसमविद् रोजन लामिछानेका अनुसार आइतबार सबैभन्दा बढी तापक्रम धनगढीको मापन भएको छ ।

नेपालगन्जको तापक्रम ४२.६ डिग्री सेल्सियस पुगेको उहाँको भनाइ छ। उहाँका अनुसार नेपालमा अबको केही दिनमै मनसुन प्रवेश गर्नेछ। 

तपाईको प्रतिक्रिया