टुँडिखेलमा साकेला रौनक

  जेठ २६, २०८१

काठमाडौँ, २६ जेठ : उभौली पर्व किरात समुदायले महान् पर्वको रूपमा मनाउने गर्दछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात समुदायले उभौली पर्व मनाउने गर्छन् । यो वर्ष जेठ १० गते उभौली परेको थियो । 

किरात समुदायको यो महत्त्वपूर्ण पर्व वसन्त ऋतुमा पितृ पूजा तथा प्रकृतिलाई सम्झेर बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप नआओस् भनेर पूजा गरिन्छ । यो पर्वको अवसरमा साकेला सिली नाच्दै १ महिनासम्म मनाउने गरिन्छ । 

साकेला सिली नाच्नुअघि सबैको घरघरमा हुइलुङ पूजा गरिन्छ । उभौलीकै अवसरमा आजको दिन काठमाडौँको टुँडिखेलमा किराती भेषमा युवादेखि वृद्धवृद्धा भेला भएर साकेला सिली नृत्य गरेका गोरखापत्र अनलाइनमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया