मुद्रा प्राणायाम पुस्तक सार्वजनिक

  फागुन ०२, २०८०

काठमाडौं, २ फागुन : सामाजिक सचेतन मञ्च प्राकृतिक चिकित्सा सेवा केन्द्रले प्रकाशन गरेको मुद्रा प्राणायाम पुस्तक बुधबार राजधानीमा एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । 

आरोग्यताका लागि मुद्रा प्रणायमको महत्वलाई सविस्तार व्याख्या गरिएको सो पुस्तक प्राकृतिक चिकित्साका अध्यता डा. केशवप्रसाद साापकोटा र डा. विमला श्रेष्ठले तयार गर्नुभएको हो । 

सो पुस्तकको विमोचन गर्दै हिन्दू विद्यापीठका संस्थापक डा. चिन्तामणि योगीले अहिले देखिएका सामाजिक परिवेश र मानिसको प्रविधिप्रतिको बढ्दो लगावका बेला योग ध्यान जस्ता कुराको महतव झन बढेको बताउनुभयो । 

उहाँले नेपालमा वेद, रामायण त्रिपिटक जस्ता ग्रन्ध र दर्शन जन्माउने देश भएको उल्लेख गर्दै कतिपय विकसित देशमा समेत हाम्रो योग र ध्यान पद्धतिबारे व्यापक चर्चा र चासो हुने गरेको बताउनुभयो ।

सो अवसरमा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले अहिले समाजमा देखिएको एक प्रकारका निराशालाई चिर्न पनि योग र ध्यान जस्तो कुराको आवश्यकता रहेकाले त्यसलाई चिर्न पुस्तक प्रभाव कारी हुने बताउनुभयो ।  

उद्धव पुडासैनीद्वारा सम्पादित सो पुस्तकमा आरोग्य जीवनका लागि पूर्वीय संस्कृतिमा विशेष महत्व दिइएको अष्टाङ्ग योगका विविधि पक्षलाई गहिरो गरी सविस्तार व्याख्या गरिएको छ । साथै प्रणायम गर्दा अपनाउनु पर्ने आशन विधि जस्ता कुरा पनि सो पुस्तकमा समेटिएको छ । 

त्यस्तै पुस्तकले हाम्रो शरीरमा उत्पन्न हुने विभिन्न वायुहरु र त्यसमा हामीले आहार विहार आदि कर्म गर्दा सन्तुला राख्न नसकेमा एक प्रकारको वायुले अर्को प्रकारको वायुलाई अवरोध गरी त्यसबाट आउन सक्ने स्वास्थ्य समस्याका बारेमा उल्लेख गरिएको छ । 

विमोचित पुस्तकमा विभिन्न खालका प्राणायामहरु विशेष गरी स्वासप्रस्वास विधिकाबारेमा प्रकाश परिएको छ  । यस्ता प्राणायामका विधि कसरी अपनाउने र त्यसले हाम्रो शरीरमा के कस्तो फाइदा पुग्छ भन्ने उल्लेख गरिएको छ । 

त्यस्तै पुस्तकमा विभिन्न मुद्राहरु विशेष गरी हातका पाँचवटा औँलामा कुन औँलाबाट कुन पञ्चतत्व प्रवाहित हुने र ति औँलाहरुको मिलनबाट बन्ने मुद्राबाट हाम्रो शरीरिक तथा मानिसिक अबस्थालाई कसरी प्रभाव पार्न सक्छ भन्ने कुरा विस्तृत रुपमा व्याख्या गरिएको छ । 

पुस्तकले मानव शरीरमा रहेका विभिन्न चक्रहरुको साधना कसरी गर्ने र यसबाट कस्तो लाभ लिन सकिन्छ भन्ने कुरालाई व्याख्या गर्नुका साथै मानव शरीरमा रहेका विभिन्न प्रणालीहरुको बारेमा ब्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया