भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

  मंसिर ०९, २०८०

कास्की, ९ मङ्सिर : छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सातवटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारतले १५ मुर्रा राँगा दिने घोषणा गरेको थियो ।

कृषि तथा पशुपक्षीका क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरुप भारतले दिएकामध्ये सात राँगा पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा जगदीश पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा ल्याइएका राँगालाई २१ दिन क्वारेन्टिनमा राखिने र त्यसपछि मात्र बिर्य उत्पादन सिकाइ सुरु हुनेछ ।

राँगाबाट आगामी पुसदेखि बिर्य सङ्कलन सुरु गरिने पाण्डेले बताउनुभयो । “मुर्रा राँगा स्वस्थ छन् भनेर प्रमाणित गरेर नेपाल ल्याइएको भए पनि यहाँ क्वारेन्टिनमा राख्नुपर्ने नियम छ । क्वारेन्टिन अवधि पूरा नभई अन्य बथानसँग मिसाउँदैनौँ”, उहाँले भन्नुभयो, “यहाँँ ल्याइएका सबै दुई वर्ष उमेर पूरा भएका छन् । विभिन्न पशु रोगको परीक्षणपछि मात्र बिर्य सङ्कलन सुरु गर्छौं ।”

एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज बिर्य उत्पादन हुने अनुमान गरिएको पशु प्रजनन कार्यालयले जनाएको छ । भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट राँगा ल्याइएकाले यहाँका कृषक लाभान्वित हुने कार्यालय प्रमुख डा पाण्डेले बताउनुभयो ।

भारतले दिएका मुर्रा राँगा नेपालगञ्जस्थित रुपेडिया नाका हुँदै स्वदेश ल्याइएको हो । उच्च नश्लका मुर्रा भैँसीले रैथाने भैँसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन् । सरकारले यहाँका रैथाने भैँसीमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा ल्याएको हो ।

2023-11-25 11:09 AM
Number: 13 Word Count: 153

25

November

    

नेपाल पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री प्रतियोगिता सुरु

राष्ट्रिय समाचार समिति (रासस)

गण्डकी, ९ मङ्सिर : नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल पोखरा इन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री कम्पिटिसन’ पोखरामा सुरु भएको छ । प्रतिोगित

2023-11-25 10:37 AM
Number: 12 Word Count: 451

25

November

    

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, काठमाडौँमा सफा

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ, ९ मङ्सिर : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौ

2023-11-25 10:12 AM
Number: 11 Word Count: 119

25

November

    

बैठकभत्ताबाट बालबालिकालाई पोसाक

राष्ट्रिय समाचार समिति (रासस)

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गर्नुभएको छ । उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग ग

2023-11-25 09:59 AM
Number: 10 Word Count: 75

25

November

    

नेपालगञ्ज म्याराथन

राष्ट्रिय समाचार समिति (रासस)

राँझा (बाँके), ९ मङ्सिर : नेपालगञ्ज म्याराथनको नवौँ संस्करण सुरु भएको । नेपालगञ्ज म्याराथनले देशको ऐतिहासिक सहर नेपालगञ्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक टिएस ठकुरी

2023-11-25 09:40 AM
Number: Word Count: 96

25

November

    

बेथानचोकका विद्यार्थीले यन्त्रमानव बनाए

राष्ट्रिय समाचार समिति (रासस)

धुलिखेल, ९ मङ्सिर : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका विद्यार्थीले ‘रोबोटिक’ तालिम लिएर विभिन्न किसिमका विद्युतीय सामग्री बनाएका छन् । इञ्जिनियरिङ सङ्कायका मेधावी विद्यार्थीबाट कक्षा ९, १० ११ र

2023-11-25 09:18 AM
Number: Word Count: 256

25

November

    

देउसीभैलोको रकम भूकम्पप्रभावितलाई

राष्ट्रिय समाचार समिति (रासस)

कास्की, ९ मङ्सिर : पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ । तिहारमा देउसी खेलेर सङ्कलन भएको रु ५५ हजार पाँच सय

2023-11-25 08:51 AM
Number: Word Count: 96

25

November

    

सांसदसँग रासस संवादः ‘संसद् प्रतिपक्षको सत्ता भए पनि ‘बिजनेस’ सरकारले दिने हो’

वासुदेव पौडेल/रासस

गण्डकी, ९ मङ्सिर : “भनिन्छ, संसद् प्रतिपक्षको सत्ता हो । सत्तापक्ष अर्थात् सरकारले दिन नसकेको ‘डेलिभरी’ का लागि संसद्मा प्रतिपक्षी दलहरुले सरकारको ध्यानाकर्षण गराउँछन् र जनताको आवाज संसद्मार्फत सरकारस

2023-11-25 08:12 AM
Number: Word Count: 1035

25

November

    

बर्दियामा आगलागी, चार जनाको मृत्यु

राष्ट्रिय समाचार समिति (रासस)

बर्दिया, ९ मङ्सिर : बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्ति

2023-11-25 07:44 AM
Number: Word Count: 75

25

November

    

‘फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

राष्ट्रिय समाचार समिति (रासस)

ललितपुर, ९ मङ्सिर : ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’ को शुभमूहुर्त भएको छ । मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायाङ्कन थालिने चलचित्रको मुहूर्तमा अभिनेता अनमोल केसी र अभिनेत्

2023-11-25 07:12 AM
Number: Word Count: 171

25

November

    

देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव

राष्ट्रिय समाचार समिति (रासस)

दमौली, ९ मङ्सिर :तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामको धार्मिक महत्व उजागर तथा वैदिक सनातन धर्मसंस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले सन्त महात्माको अगुवाइमा आज गण्डकी परिक्रमा महोत्सव हुँद

2023-11-25 06:46 AM
Number: Word Count: 291

25

November

    

तपाईको प्रतिक्रिया