भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो

  कार्तिक १६, २०८०

काठमाडौं, १६ कात्तिक : आउँदैगरेको तिहारलाई  लक्षित गरेर तिहार फ्लोरा एक्सपो २०८० काठमाडौंको भृकटीमण्डपमा सञ्चालन भइरहेको छ। ‘तिहारको महोत्सव फूलको उत्सव’ भन्ने नारासाथ १४ गतेबाट सुरु भएको मेला कात्तिक १८ गते सम्म चल्नेछ।

गोदावरी फूलका प्रजाति, सयपत्रि, मखमलि लगायतका फूलहरुको व्यापार भइरहेको एस्पोमा गत वर्षहरुमाजस्तो व्यापार नभएको पिपल नर्सरीका सञ्चालक मनिष श्रेष्ठले बताउनुभयो । उहाँको अनुसार गत वर्षमा दिनको एक लाखभन्दा बढिको व्यापार हुने गर्दथ्यो, तर यस वर्ष दिनमा दश हजारको पनि व्यापार हुदैन। यस्को मुख्यकारण भने एस्पो छिटो सञ्चालन हुनु, खरिदकर्ताले सस्तो फूलहरु खोज्नु र अहिले आर्थिक मन्दिले पारेको प्रभाव हो । यस स्टलमा एकसय पचास देखि पाँच सयसम्म फूलको मुल्य रहेको छ ।  

नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको उक्त मेलामा व्यावसायिक स्टल ६२, फुड स्टल २ र अफिसियल स्टल ३ गरेर ६७ वटा स्टल रहेको नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष राम्जिप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो। मेलामा करिब ३० हजारले प्रत्यक्ष अवलोकन गर्नुका साथै ५० लाखभन्दा बढिको व्यावसायिक कारोबार हुने अपेक्षा गरेको अध्यक्ष तमिल्सिनाले बताउनुभयो । तिहार फूलैफूलको पर्व भएको कारणले गर्दा उपभोक्तलाई फूल खरिदमा सजिलो होस, सबैखाले फूलहरु एउटै ठाउँमा किन्न सकियोस भन्ने उद्देश्यले एस्पोको आयोजना गरेको उहाँले बताउनुभयो ।

समाजकल्याण परिषदलाइ दैनिक ७५ हजार भाडा तिरेर सञ्चालन गरेको एस्पोमा स्टलले संघलाई प्रतिस्टल १८ देखि २५ हजार सम्म भाडा तिर्नु पर्नेछ। गत कात्तिक १४ गतेबाट सुरु भएको एस्यो १८ गतेसम्म सञ्चालन हुदा करिब १८ लाख खर्च हुने अध्यक्ष तमिल्सिनाले जानकारी दिनुभयो ।  प्रदर्शनीमा आकर्षक गमलादेखि  विभिन्न प्रकारका फूल तथा औजार बिक्रीमा राखिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया