मौसम खुलेपछि देखिएको भेडेटारको सुन्दर दृश्य

  असोज १८, २०८०

हिले, १८ असोज : पूर्वको एक महत्त्वपूर्ण पर्यटकीय स्थल हो, भेडेटार । सुनसरी र धनकुटाको सीमा क्षेत्रमा रहेको भेडेटार १४ सय मिटरको उचाइमा अवस्थित छ ।

तराईबाट नजिक रहेको भेडेटारमा गर्मी मौसममा पनि चिसो हुने गर्छ । यहाँबाट तराईका विभिन्न फाँटबाट हिम शृङ्खला र पहाडको मनोरम दृश्य देखिन्छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको विशेष चहलपहल हुने गरेको छ ।

एक सातादेखि निरन्तरको वर्षाका कारण यो क्षेत्र समेत सुनसान भएको थियो । यद्यपि वर्षा रोकिएसँगै भेडेटारबाट देखिने सुन्दरता झन् लोभ लाग्दो बनेको भएको गोरखापत्र अनलाइनमा समाचार छ ।

तपाईको प्रतिक्रिया