नेपाललाई हराउँदै भारत फाइनलमा

  असोज १०, २०८०

काठमाडौं, १० असोज : साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भएको हो । 

यसअघि निर्धारित समयको खेल १-१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । भारतले  २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । खेलको ७४ मिनेटमा नेपालले गोल गर्दै बराबरी गरेको थियो ।  

अब भारतले फाइनलमा पाकिस्तानसँग खेल्ने छ । आजनै भएको खेलमा पाकिस्तानले भुटानलाई टाइब्रेकरमा  हराउँदै फाइनलमा पुगेको हो । 

तपाईको प्रतिक्रिया