जनै, रक्षा बन्धन र क्वाँटीको व्यापार

  भदौ १३, २०८०

काठमाडौं, १३ भदौ : यस वर्षको जनैपूर्णिमा एवं रक्षा बन्धन भाद्र १४ गते बिहीबार परेको छ। यसलाई जनैपूर्णिमा, रक्षा बन्धन, ऋषि तर्पणी, ऋषि पूर्णिमा र क्वाँटी पूर्णिमा समेत भनिन्छ ।

नदी, तलाउ वा तीर्थस्थलको किनारमा एकत्रित भएर वैदिक विधिपूर्वक स्नान, सूर्यआराधना, प्राणायाम, अग्निहोत्र र ऋषिको पूजा गरिन्छ । यसरी पूजा गर्दा शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धि हुने विश्वास गरिन्छ। सुरक्षाको प्रतीक सूत्र नाडीमा बाँधिने भएर रक्षा बन्धनको शब्दले पनि चिनिन्छ। यो दिन घरघरमा क्वाँटी खाने चलन छ ।  

क्वाँटीमा विभिन्न गेडागुडी चना, मस्याङ, बोडी, मास, भटमास, सिमी, बकुल्ला, केराउ, राजमा मिसाएर टुसा उमारी बनाउने गरिन्छ । क्वाँटीमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइने हुँदा यसले थकित शरीरमा ऊर्जा जगाउनुका साथै चिसो पनि भगाउने गोरखापत्र अनलाइनमा उल्लेख छ ।  

तपाईको प्रतिक्रिया