रङ्गीन बिजुली बजार पुलको दृश्य

  भदौ ०१, २०८०

काठमाडौं, १ भदाै : काठमाडौंको बिजुली बजारमा नयाँ प्रविधिको प्रयोग गरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज)मा रङ्गिन बत्ती जडान गरिएको छ । यो पुल टिकाउसँगै सहरी क्षेत्रमा हेर्दा आकर्षकसमेत हुने भएकाले रङ्गिन बत्ती जडान गरिएको हो ।

काठमाडौं महानगरले सडकका दुवैतर्फ निर्माण भएका दुवै पुलको माथिल्लो भाग (आर्क) मा धेरैवटा सुन्दर बत्ती जडान गरिएको छ । ती बत्तीले टाढाटाढासम्म प्रकाशसमेत दिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया