खोकनाका किसानलाई धान गोड्ने चटारो

  साउन ०२, २०८०

ललितपुर, २ साउन : ललितपुरको खोकनाका स्थानीय अहिले धान गोड्न व्यस्त भएका छन् । जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका स्थानीय अहिले गोडमेल गर्न र मल हाल्नको लागि खेतमा व्यस्त देखिन्छन् । 

स्थानीय बिहानको समय र दिउँसो घाम ढल्किन थालेपछि गोडमेलमा निस्किन्छन् । भर्खरै रोपेको धानलाई झारले खाने भएपछि गोड्नु परेको किसानको भनाइ उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ । 

तपाईको प्रतिक्रिया