शोकमग्न पेरिसडाँडा

  असार २७, २०८०

काठमाडौं, २७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । श्रद्धाञ्जलीका लागि नर्भिक अस्पतालबाट उहाँको पार्थिव शरीर पेरिसडाँडा ल्याइएको हो ।

बुधबार दिउँसो १ बजेसम्म दाहालको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । अपराह्न २ बजे पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।     

तपाईको प्रतिक्रिया