‘हाम्रो संस्कृति हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी

  जेठ ११, २०८०

काठमाडौं, ११ जेठ : राष्ट्रिय समाचार समिति (रासस) ले गणतन्त्र दिवस–२०८० का अवसरमा बिहीबार  देखि साता व्यापी तस्बिर प्रदर्शनी सुरु गरेको छ ।

सांस्कृतिक पक्षलाई समेटेर ‘हाम्रो संस्कृति हाम्रो सम्पदा’ शीर्षकमा राससले तस्बिर प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  उद्घाटन गर्नुभयो ।

रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनीमा सातै प्रदेश एवम् काठमाडौं उपत्यकाका गरी ७७ तस्बिर समावेश गरिएको छ । प्रदर्शनी यही जेठ १७ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया