साताका सात तस्बिर

  बैशाख २३, २०८०

इलाम जिल्लाको पर्यटकीयस्थल श्रीअन्तुमा आन्तरिक तथा बाह्य पर्यटकका लागि निर्माण गरिएको सुन्दर रिसोर्ट । बिहानीको समयमा देखिने सुन्दर सूर्योदय र चारैतिर देखिने चियाको बगानका कारण सो स्थलमा आन्तरिक तथा बाह्य पर्यटक धेरै पुग्ने गर्छन् ।


नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खुशी हुँदै नेपाली खेलाडी । फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । फाइनल हेर्न हजारौंको संख्यामा दर्शक त्रिवि मैदान पुगेका थिए । 


ललितपुरको लगनखेल बसपार्क क्षेत्रमा बिहीबार रातो मच्छिन्द्रनाथको रथलाई परिक्रमा गराइँदै।

झापा जिल्लाको चारआली चोकमा निहुरो बिक्रीका लागि बसेका व्यापारी  । प्रति मुठा ५० रुपैयाँमा बिक्री हुने निहुरो टिप्न स्थानीय महिला जंगल जाने गर्दछन् ।

किराँत समुदायको उभौली पर्वको अवसरमा शुक्रबार राजधानीको गोकर्णमा सामूहिक रुपमा साकेला नाच्दै किरात समुदाय । वैशाख शुक्ल पूर्णिमाका दिन किराँत समुदायले मनाउने उभौली पर्व देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइएको छ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ सावाँस्थित १८० मिटर उचाइको फुङफुङे झरना । वर्खा लागेसँगै झरनामा पानीको मात्रा बढ्दै गएको छ । पानीको मात्रा बढ्दै जाँदा अवलोकनका लागि समेत जानेको सङ्ख्या बढ्ने स्थानीयले बताएका छन् ।

म्याग्दीको बेनी नगरपालिका–३ स्थित धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम र पृष्ठभूमिको भकिम्ली गाउँ । स्वर्गाश्रम–बेलढुङ्गा नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको छ । तस्बिरहरु : गोरखापत्र/रासस

तपाईको प्रतिक्रिया