परराष्ट्रमन्त्रीमा एनपी साउदको शपथग्रहण आजै ३ बजे

  बैशाख ०३, २०८०

काठमाडौं, ३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित सरकार आज आठौं पटक विस्तार हुँदैछ । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदलाई नियुक्त गर्नुभएको छ ।

नवनियुक्त परराष्ट्रमन्त्री साउदले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण हुने जानकारी राष्ट्रपति कार्यालयले दिएको छ । त्यसका लागि सञ्चार माध्यमलाई २ः३० नै आइपुग्न निमन्त्रणा पनि गरिएको छ ।

उहाँ कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो । उहाँ नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष एव‌ ंपूर्वमन्त्री पनि हुनुहुन्छ ।

नेपाली काँग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएका साउद प्रभावशाली नेताका रूपमा चिनिनुहुन्छ । उहाँ नेपाली राजनीतिमा एनपी साउदको नामले परिचित हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया