शताब्दी पुरुष सत्यमोहनकि पत्नीको ९९ वर्षको उमेरमा निधन

  बैशाख ०२, २०८०

काठमाडौं, २ वैशाख  : शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको ९९ वर्षको उमेरमा शनिवार बिहान निधन भएको छ । बिहान ५ः५६ बजे उपचारको क्रममा उहाँका मृत्यु भएको स्वकीय सचिव तेजकुमार महर्जनले जानकारी दिनुभयो ।

दिर्घरोग नभएकी उहाँ खाना खाएसँगै वान्त गर्ने भएपछि २० दिनयता देखि अस्पतालमा नियमित स्वास्थ्य जाँचमा हुनुहुन्थ्यो । उहाँ एक महिना पछि सय वर्ष पुग्दै हुनुहुन्थ्यो । उहाँका श्रीमान् शताब्दी पुरुष सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो ।

श्रीमानको जस्तै उहाँको पनि मृत्यु पश्चात् शरीरका सम्पूर्ण अङ्ग अस्पताललाई नै दान गर्ने महर्जनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया