काठमाडौँ, २९ चैत : सरकारले राष्ट्रिय समाचार समिति ९रासस०को सञ्चालक सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखाका उपसचिव सुरेन्द्र थापालाई मनोनयन गरेको छ ।
यही चैत २० गतेको मन्त्रिस्तरीय निर्णयअनुसार राष्ट्रिय समाचार समिति ऐन, २०१९ बमोजिम उहाँलाई समितिको सञ्चालक सदस्यमा मनोनयन गरिएको मन्त्रालयका उपसचिव पङ्कज भुर्तेलले जानकारी दिनुभयो ।






