सन्दीपको मुद्दामा वादी पक्षका दुई जना साक्षी बुझ्न आदेश

  चैत २६, २०७९

 

काठमाडौं, २६ चैत : क्रिकेट खेलाडी सन्दीप लामिछानेको मुद्दामा आज अदालतले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको छ । आज आइतबार जिल्ला न्यायधीश शंकरराज बरालको एकल इजलासले वादी पक्षका दुई जना साक्षी बुझ्ने आदेश दिएको हो ।

सन्दीपका वकिल मुरारी सापकोटाले वादी पक्षका दुई जना साक्षीको वकपत्र नभएको भन्दै साक्षी बुझ्नका लागि निवेदन दिएका थिए । सन्दीपका वकिलको माग बमोजिम न्यायाधीश बरालको इजलासले आदेश दिएको हो ।

लामिछाने नाबालिका बलात्कार आरोपमा थुनामा परेका थिए । उनलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । लामिछानेको मुद्दा फास्ट ट्रयाकबाट किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिइसकेको छ ।

पीडित किशोरी गौसला २६ को स्वास्थ्य परीक्षण गर्ने चिकित्सक र अर्को एकजनाको वकपत्र बाँकी रहेकाले उक्त आदेश भएको हो । स्वास्थ्य परीक्षण गरेका डाक्टरको वयान नभई अरुको नै वयान भएको खुल्न आएपछि ‘स्वास्थ्य परीक्षण गर्ने डाक्टर स्वयम झिकाउन आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया