सन्दीप लामिछानेको मुद्दा न्यायाधीश बरालको इजलासमा

  चैत २६, २०७९

काठमाडौं, २६ चैत : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनवाइ हुने भएको छ ।

सन्दीपको मुद्दाको पेशी न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ।

यसअघि दुईपटक तोकिएको पेशी लगातार स्थगित भएका थिए । गत बिहीबार तोकिएको पेशीलाई सुनवाइ गर्न समयअभावका कारण नभ्याइनेमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया