टिचिङ अस्पतालमा भर्ना हुनुभएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा

  चैत १९, २०७९

काठमाडौँ, १९ चैत : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिवार साँझ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको हो ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँमा २०७९ चैत १८ गते साँझमा भर्ना हुनुभएको छ, हाल उहाँको चिकित्सकको निगरानीमा हुनुहुन्छ’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया