सुदूरपश्चिम, १८ चैत : राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस सबैको साझा संस्था र मिडियाको पनि मिडिया भएकाले यसले आफ्नो सेवा स्तरीकरण र विविधिकरण गर्न लागेको बताउनुभएको छ ।
आज रासस सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा आयोजित रासससँग सेवाग्राही विषयक छलफलमा अध्यक्ष झाले रासस जनताको करबाट सञ्चालित भएकाले जनताका अधिकारप्रति यसले प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
सेवाको स्तरवृद्धि गर्ने उद्देश्यले रासससँग सेवाग्राही कार्यक्रम गरिएको जानकारी दिनुहुँदै उहाँले सञ्चारका माध्यमका प्रतिनिधिसँग सामूहिक रुपमा छलफल गरेर निक्लिने निचोडका आधारमा राससलाई अगाडि बढाउने बताउनुभयो ।
राससद्वारा सम्प्रेषित समाचार चोरी हुने र नक्कल गर्ने कार्यलाई निरुत्साहित गर्ने काममा सघाउन उहाँले सहभागी पत्रकारलाई आग्रह गर्नुभयो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र आफू बीचको आजै भएको भेटको प्रसङ्गमा अध्यक्ष झाले राससको धनगढीस्थित जग्गामा सुदूरपश्चिम मिडिया विकास केन्द्रको रुपमा नयाँ भवन बनाउन मुख्यमन्त्री सकारात्मक हुनु भएको जानकारी दिनुभयो । उहाँले निकट भविष्यमै राससलाई २४ घण्टे सेवामा लैजाने र दुई या ती मातृ भाषामा परीक्षणको रुपमा समाचार सेवा उलब्ध गराउने योजना रहेको बताउनुभयो ।
रासस सञ्चालक समितिका सदस्य कृष्ण अधिकारीले राससलाई साझा संस्थाका रुपमा ग्रहण गरिदिन आग्रह गर्नुभयो । रासस बजार शाखाका प्रमुख राजाराम कार्कीले राससले सञ्चारका माध्यमसँग सहकार्य गर्न चाहेको उल्लेख गर्दै मोफसलमा राससका समाचार सेवा प्रयोग गर्नेलाई शुल्कमा यस अघिको तुलनामा भारी छुट दिइएको जानकारी दिनुभयो ।
उहाँले राससको ६२ वर्षको इतिहासमा पहिलो पटक रासससँग सेवाग्रही अभियान थालिएको बताउनुभयो । कार्यक्रममा सहभागी धनगढी र अत्तरिया क्षेत्रका पत्रकारले समाचारको सेवा शुल्क, समाचारको अनधिकृत प्रयोगलगायत बारेमा जिज्ञासा राख्नुभएको थियो । रासस






