खाद्यसम्प्रभुता र किसान अधिकारको माग

  चैत ०८, २०७९

काठमाडौँ, चैत ८ : अखिल नेपाल किसान महासङ्घले वैज्ञानिक भूमिसुधार, खाद्यसम्प्रभुता र किसान अधिकारको माग गरेको छ । महासङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा सहभागी किसान नेताले बढ्दै गएको मूल्यबृद्धिका कारण समस्यामा परेका किसानलाई बीउबिजनका साथै रासायनिक मलखादको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका हुन् ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले मिटर ब्याज पीडित किसानसँग गरेको सम्झौता लागू गर्न माग गर्दै बढ्दो मूल्यबृद्धि नियन्त्रणका साथै किसानका ५९ सुत्रीय माग पूरा गर्न आग्रह गर्नुुभयो ।

उहाँले नव उदारवादी अर्थतन्त्रले कृषि उत्पादनका क्षेत्रमा नकारात्मक प्रभाव पारेको बताउँदै कृषि कारखाना, कृषि अनुदान बढाउनुपर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई व्यवस्थित बनाउनुपर्ने बताउनुुभयो ।

अखिल नेपाल किसान महासङ्घ ९क्रान्तिकारी केन्द्र० का अध्यक्ष चित्रबहादुर श्रेष्ठ र अखिल नेपाल किसान महासङ्घ ९क्रान्तिकारी० का अध्यक्ष सीताराम तामाङ्लगायतले मिटरब्याजमा फसेका किसानको समस्या समाधान गर्नुपर्ने र ब्याजदर घटाउनुपर्ने मा गर्नुभयो ।

तपाईको प्रतिक्रिया