तस्बिरमा टुँडिखेलको घोडे जात्रा

  चैत ०७, २०७९

काठकाडौं, चैत ७ : घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरेर काठमाडौंको टुँडिखेलमा मनाइएको छ ।

सो अवसरमा नेपाली सेनाले युद्धकला प्रदर्शन, अश्वकलाका विविध रोचक कार्यक्रम राईड पास, ब्यानर डिस्प्ले, टांगन र चार्जर घोडा दौड, सो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, सुईरो, स्वर्ड एण्ड वाटर मेलन  एक्रोब्याटिस,  म्युजिकल राइड, क्रसकन्ट्री जम्प प्रदर्शन गरेको थियो । साथै कार्यक्रममा कुकुरको कौशल अन्तर्गत विविध रोमाञ्चक कलासमेत प्रदर्शन गरिएको थियो । कुकुर इमान्दार र आज्ञापालक जनावरका रूपमा लिने गरिन्छ ।

घोडेजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), प्रधानन्यायाधीश, सभामुख, मन्त्रीगण,नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख एवम् समाजका विभिन्न क्षेत्रका महानुभाव टुँडिखेल पुग्नुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया