आलु र गहुँ खेतीमा व्यस्त किसान (फोटो फिचर)

  पुष १७, २०७९

कपिलवस्तु, पुस १७ : कपिलवस्तु जिल्ला धान, गहुँ र आलु खेतीका लागि प्रख्यात छ। कपिलवस्तुको अधिकांश जमिन खेतीयोग्य छ। ग्रामीण क्षेत्रमा अहिले गहुँ र आलु खेतीले हरियाली छाएको छ।

यहाँका किसानले विशेष गरेर मल बोकेर खेतीमा लगाइरहेका दृश्य देखिन्छन्। किसानले गहुँमा सिंचाइ गरेका दृश्यसमेत ग्रामीण क्षेत्रमा देख्न पाइन्छ।

किसानले मेहनत गरेर आलु र गहुँ उत्पादन गरे पनि महँगीले गर्दा किसान मारमा परेका छन्। आफ्नो उत्पादनले मूल्य नपाउने र मलको अभावले उत्पादन घट्ने समस्याले पिरोलेको किसान रामविलास यादवको भनाइ छ।

स्रोत : गोरखापत्रबाट

तपाईको प्रतिक्रिया