दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान : चार साहित्यकार पुरस्कृत

  मंसिर २६, २०७९

काठमाडौँ, मङ्सिर २६ : दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले विभिन्न चार साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले रु ५५ हजार पाँच सय ५५ पुरस्कार राशि रहेको दैवज्ञ विशिष्ट स्रष्टा सम्मानबाट वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठीलाई पुरस्कृत गर्ने भएको छ ।

त्यस्तै रु ३३ हजार तीन सय ३३ राशि रहेको दैवज्ञ साहित्य पुरस्कार कवि जसराज किराँतीलाई प्रदान गरिनेछ । यसैगरी, दैवज्ञ बालसाहित्य पुरस्कारबाट वरिष्ठ बालसाहित्य स्रष्टा गोपाल पराजुली, दैवज्ञ समाजसेवा पुरस्कारबाट समाजसेवी सीता पोख्रेललाई सम्मान गर्ने भएको छ ।

ती पुरस्कारको राशि समान रु ३३ हजार तीन सय ३३ बराबर छ । प्रतिष्ठानले ती सम्मान र पुरस्कार प्रेरणा पुरुष कवि दैवज्ञको स्मृति दिवसका अवसर पारेर आगामी पुस २३ गते काठमाडौँमा प्रदान गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया