‘इन्टेग्रिटी आइकन’बाट पाँच कर्मचारी सम्मानित

  कार्तिक १८, २०७९

काठमाडौँ, कात्तिक १८ : अकाउन्टबिलिटी ल्याब नेपालले ‘इन्टेग्रिटी आइकन–२०२२’ बाट सम्मानित हुने नाम आज सार्वजनिक गरेको छ । सार्वजनिक सेवामा काम गरेका कार्मचारीलाई कामप्रति जवाफदेहिता भएको भन्दै सो सम्मानबाट पाँचजना कर्मचारी सम्मानित गरेको हो ।

अकाउन्टबिलिटी ल्याब नेपालका कार्यक्रम प्रबन्धक अस्मिता शर्माका अनुसार सम्मानित हुनेहरुमा कल्पना सडक विभागका इन्जिनियर अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जन, जिल्ला प्रहरी कार्यालय, सर्लाहीका हवल्दार राजेश साह जयसवाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय उपसचिव रोशनीदेवी कार्की र सीमा प्रशासन कार्यालय, नाम्चे, सोलुखुम्बुका अधिकृत सुजनकुमारी बर्देवा हुनुहुन्छ ।

यस वर्षका इन्टेग्रिटी आइकनहरूलाई देशभरिबाट प्राप्त भएका चार सय १० मनोनयनबाट निर्णायक समितिले छनोट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, पूर्र्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र डा सुचेता प्याकुरेल रहनुभएको थियो । अकाउन्टबिलिटी ल्याब नेपालले सन् २०१४ देखि इन्टेग्रिटी आइकन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया