एक सय मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने

  कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : निर्वाचन आयोगले एक सय मतदान केन्द्रलाई अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले आज उक्त निर्णय गरेको हो । आयोगको निर्णयानुसार उक्त मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण गरिनेछ ।

त्यस्तै, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल सामग्री, रङ्गीचङ्गी डोरी तथा पोल, ¥याम्प निर्माण, ह्विलचेयर प्रवेश गर्नसक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया