मैयाँदेवीको त्याग र बलिदानको सबैले सम्मान गर्नुपर्छ : पौडेल

  कार्तिक १४, २०७९

भरतपुर कात्तिक १४ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजसेवी मैयाँदेवी श्रेष्ठबाट त्याग, निष्ठा र बलिदान सबैले अनुकरण गर्नुपर्ने बताउनु भएको छ ।

श्रेष्ठको दशौँ पुण्य तिथिका दिन सोमवार नारायणगढमा नेपाली काँग्रेस चितवनले आयोजना गरेको  शोकसभामा बोल्दै नेता पौडेलले लोकतन्त्रकालागि अनुकरणीय मैयाँदेवी सादा जीवन र उच्च विचारकी धनी भएकी धारणा राख्नुभयो ।

क्लाईमेटचेन्जका कारण वातावरणमा परेको प्रभावका कारण मनुष्य जीवनमै सङ्कट आउन लागेका बेला यसलाई न्यूनीकरणमा सहयोग गर्गनेरि मैयाँदेवी हरियाली पार्क बनाउन उहाँको सुझाव छ । हरियाली पार्क बनाएर मैयाँदेवीलाई चिरस्थायी बनाउन पर्ने उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै काँग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले मैयाँदेवीले दिन मात्रै जानेको बताउनुहुँदै उहाँको देहवासनले पार्टी र सिङ्गो समाजलाई क्षति पुगेको धारणा राख्नुभयो । उहाँले लोकतन्त्रको मूल्यमान्यता भन्दा बाहिर कोही पनि जान नसक्ने धारणा राख्दै अहिलेकै संविधान मिचेर भन्दा पनि संरक्षण गरेर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया