प्रधानमन्त्री पत्नी देउवाद्वारा जनकपुरधाममा छठ पूजा

  कार्तिक १३, २०७९

जनकपुरधाम, कात्तिक १३ : प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले हिन्दूहरूको महान् चाड छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभएको छ ।

जनकपुरधामस्थित गङ्गासागर पोखरीमा आयोजित छठ पूजा कार्यक्रममा देउवाले आज दिउँसो ४ बजे अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभएको हो । सो अवसरमा उहाँले छठ पूजासमेत गर्नुभयो । जनकपुरधामलाई छठ पर्वका लागि प्रसिद्ध धार्मिकस्थल मानिन्छ ।

देउवाले सोमबार बिहान पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गृहगाउँ नगराइनस्थित पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्यदान गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक आशा थपलियाले जानकारी दिनुभयो ।

उहाँले भोलि नै धनुषाको नगराइन नगरपालिकाअन्तर्गतको नेपाल–भारत सीमा जटहीस्थित सीमा नाका पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको प्रेस संयोजक थपलियाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया