नेपाल संवत् ११४३ (न्हूदँ)को सांस्कृतिक र्‍याली

  कार्तिक ०६, २०७९

काठमाडाैँ, कात्तिक ६ : नेपाल संवत् ११४३ (न्हूदँ)को उपलक्ष्यमा शनिबार मैनबत्तीसहित सांस्कृतिक र्‍याली आयोजना गरिएकाे छ ।

श्री गणेश सामुदायिक विकास सेवा (माल्चाटार)को संयोजकत्वमा कामपा का १५ वडाका १२ वटा टोलको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो ।

नेपालको मौलिक संवत् नेपाल संवत् तथा शुभ–दीपावलीको अवसरमा निकालिएको र्‍यालीले नगर परिक्रमा गरी माल्चाटार पुगेर साङ्गीतिक कार्यक्रममा परिणत भएको थियो ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले आफू साधारण मानिस भए तापनि कान्तिपुर र भादगाउँका जनताको ऋणमोचन गरिदिनुभएकाे थियाे । सोही दिनलाई नेपाल संवत् शुरू भएकाे अर्थात् नयाँ वर्षको रुपमा मनाइँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया