कांग्रेस उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटना

  कार्तिक ०४, २०७९

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटना भएको छ। चुनावी प्रचारका क्रममा स्याङ्जा पुगेको उहाँ सवार बा १६ च ५४४९ नम्बरको गाडी दुर्घटना भएको हो।

उपसभापति गुरुङले आफू चढेको गाडी सामान्य दुर्घटना परेको र सबै सुरक्षित रहेको जानकारी ट्वीटरमार्फत गराउनुभएको छ। उहाँले दुर्घटना सामान्य भएको बताउनुभएको हो।

‘‘सामान्य दुर्घटना। कालिगण्डकी-६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामान्य दुर्घटना भएको हो। हामी सबै सुरक्षित छौं’’, उहाँले ट्वीटमा लेख्नुभएको छ।

तपाईको प्रतिक्रिया