स्तन क्यान्सरविरुद्ध ललितपुरमा र्‍याली

  कार्तिक ०३, २०७९

काठमाडौं, कात्तिक ३ : स्तन क्यान्सरविरुद्ध जनचेतना फैलाउन ललितपुरमा र्‍यालीको आयोजना गरिएको छ । पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानले विश्व स्तन क्यान्सर सचेतना महिनाको अवसरमा स्तन क्यान्सरविरुद्ध जनचेतना फैलाउने उद्देश्यले र्‍यालिका आयोजना गरेको हो । र्‍यालीमा स्वास्थ्यकर्मी, विभिन्न कलेज तथा स्कुलका विद्यार्थीलगायतको सहभागिता थियो ।

र्‍याली लगनखेल, कुमारीपाटी हुँदै जाउलाखेल आएर पुनः लगनखेल पुगेको समापन भएको  थियो । कार्यक्रमका सहभागी चिकित्सकहरुले नियमित परीक्षणले स्तन क्यान्सरबाट जोगिन सकिनेमा जोड दिएका थिए ।

स्तन क्यान्सरलाई सुरुवाती अवस्थामै पत्ता लगाउने र उपचार गरेर स्तन क्यान्सरबाट हुने मृत्युदरलाई घटाउने उद्देश्यले अक्टुवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रूपमा मनाउने गरिन्छ । यो वर्षको नारा ‘समयमै पहिचान समयमै उपचार स्तन क्यान्सरको निदान’ भन्ने  छ ।


तपाईको प्रतिक्रिया