पहिरोले दाउन्नेमा चार घर विस्थापित, पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा

  असोज २६, २०७९

कावासोती, असोज २६ : पूर्वी नवलपरासीको दाउन्नेमा पहिरो जाँदा चार घर विस्थापित भएका छन् । लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्वपश्चिम राजमार्ग र बजारका घरमा चिरा परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रवक्ता सन्तोष पाठकले बताउनुभयो ।

पहिराका कारण सडक चर्किएपछि पूर्व–पश्चिम राजमार्ग एकतर्फीरूपमा मात्रै सञ्चालन गरिएको र चर्किएका घरका परिवारका सदस्य र मालसामान सुरक्षित स्थानमा सारिएको पाठकले बताउनुभयो । सम्भावित पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी गरिएको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया