विजया दशमीमा पानी पर्दा जनजीवन सास्ती

  असोज १९, २०७९

काठमाडौँ, असाेज १९ : काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ ।

वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ । तर वर्षा भए पनि मान्यजनकाे टीका थाप्नकाे लागि निजी सवारी हुनेहरूकाे सडकमा बाक्लाे उपस्थिति रहेकाे छ ।तर सार्वजनिक गाडीहरू कम चलेका कारण पनि यात्रुहरूकाे कठिनाइ बढेकाे छ ।

(स्रोत : गोरखापत्र अनलाइन)

तपाईको प्रतिक्रिया