दशैंको सट्टा खोकनामा सिकाली जात्राको रमझम

  असोज १५, २०७९

ललितपुर, असोज १५ : ललितपुरको खोकनामा सिकाली जात्राको रमझम सुरु भएको छ । सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाइरहेका छन् । दशैंको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्दछन् ।

यस पर्वमा हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ । दशैंको अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर खुवाउने, नाचगान तथा जात्रा देखाउने गरिन्छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिएको बताउनुभयो ।

जात्रामा रुद्रायणीदेवीको मूर्ति खटमा राखेर नगरपरिक्रमा गर्ने गरिन्छ भने भक्तजनहरुका लागि विभिन्न स्थानीय गुठीहरुले निःशुल्क प्रसादको रुपमा भोजन गराउने गर्दछन् ।

यो जात्रा दशैंको बेलामा यहाँ सुरु हुने गर्दछ । जात्रामा स्थानीयले आफ्नो परम्परागत बाजागाजा बजाउने गर्दछन् भने जात्राको व्यवस्थापन स्थानीय गुठीहरुले गरेका हुन्छन् ।

तपाईको प्रतिक्रिया