सुपथ मूल्य पसलमा सामान्य चहलपहल

  असोज ०५, २०७९

काठमाडौं, असोज ५ : असोज १ गतेदेखि सुरु भएका सुपथ  मूल्य पसलमा सामान्य चहलपहल सुरु भएको छ। यस्ता पसरमा बजारमा भन्दा सात रुपियाँदेखि ६० रुपियाँसम्म छुट पाइने भएको छ । दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

लिमिटेडका सूचना अधिकारी सर्मिला सुवेदीका अनुसार दाल, चामल तेलमा प्रतिकेजी/प्रतिक्विन्टल सात रुपियाँ छुटको व्यवस्था गरिएको छ । घिउमा प्रतिकेजी ६० रुपियाँ छुटको व्यवस्था गरिएको छ । यस्तै जुम्लाको सिमी तथा गेडागुडीमा प्रतिकेजी १० रुपियाँसम्म छुटको व्यवस्था छ। जिउँदो खसीबोका तथा च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँसम्म छुटको व्यवस्था छ ।

देशभर ४१ जिल्लाका ४५ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन भएका छन्। काठमाडौं उपत्यकामा भने चार ठाउँबाट सुपथ मूल्य पसल सञ्चालन भइरहेको छ। उपत्यकामा रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरबाट सुपथ मूल्य पसल सञ्चालन भइरहेको हो ।

तपाईको प्रतिक्रिया