साताका सात तस्बिर

  भदौ ११, २०७९

रुकुम पश्चिमको चौरजहारी विमानस्थल। २०२८ निर्माण भएको यो विमानस्थल २०७२ भदौमा  कालोपत्र गरिएको थियो। रुकुम, सल्यान र जाजरकोट जिल्लालाई लक्षित गरी बनाइएको यो विमानस्थल कालोपत्रे पश्चात सञ्चालनमा नहुँदा सर्वसाधारण र बिरामीहरुलाई समस्या हुने गरेको छ। तस्बिर : राजु लामिछाने

राजधानीको टोखामा खेतमा धान गोड्न ब्यस्त किसान। तस्बिर : कबिन अधिकारी

बुधबार काठमाडौंका विभिन्न स्थानमा मापदण्ड विपरित निर्माण भएका संरचना भत्काउँदै महानगरपालिका। तस्बिर : सुजन गुरुङ

ठेचोका किसानले घरमा सुकाउन राखिएको खुर्सानी। तस्बि : विकाश द्वारे

फर्पिङको चन्द्रज्योती विद्युत गृहको ड्याम। तस्बिर : सनम महर्जन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को खयरखोलामा चरनक्षेत्रमा रहेका भेडाका बथान र धौलागिरि हिमालको मनोरम दृष्य। तस्बिर कमल खत्री/रासस

तपाईको प्रतिक्रिया