साताका सात तस्बिर

  साउन २८, २०७९

जनै पूर्णीमाको अघिल्लो दिन दैलेख र कालिकोट जिल्लाको सीमा क्षेत्रमा पर्ने महावु धाम लाग्ने मेला भर्न त्यसतर्फ जाँदै भक्तजन ।  तस्बिर  : विशाल सुनार

गोसाइँकुण्डमा शुक्रबार जनैपूर्णिमाको अवसमार पुगेका भक्तजन । तस्बिर  : सुजन गुरुङ

काठमाडौंको काँडाघारी क्षेत्रमा मंगलबार बेलुका परेको पानीले मनोहरा खोलाआसपास पानीको बहाव बढेपछि खोलाआसपासका बस्ती तथा टहरामा पुगेको क्षति। तस्बिर  : सागर बस्नेत

बंगलामुखी मन्दिर परिसरमा शुक्रबार लागेको मेला । तस्बिर  : केशब गुरुङ

२८ औं विश्व आदिवासी दिवसको अवसरमा मंगलबार नृत्यु गर्दै आदिवासी समुदाय । तस्बिर  : सागर बस्नेत

भाद्र कृष्णद्वितीयका दिन पाटनमा मनाइने गाईजात्रा (मतय 🙂 विभिन्न लुगमा सजिएर शनिबार चैत्य र बिहारमा परिक्रमा गर्ने चलन छ । तस्बिर  : शेखर चौलागाई

तपाईको प्रतिक्रिया