हृदयचन्द्र सिंह स्मृति सम्मान तथा गोपालप्रसाद रिमाल पुरस्कार घोषणा

  असार १५, २०७९

काठमाडौँ, असार १५ : साहित्य सदन नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको हृदयचन्द्र सिंह स्मृति सम्मान तथा गोपालप्रसाद रिमाल पुरस्कारको घोषणा गरेको छ । गत वर्ष कोरोना माहामारीका कारण स्थगित भएको उक्त दुवै पुरस्कार यस वर्ष प्रदान गरिने सदनका कार्यवाहक अध्यक्ष प्रा डा हेमनाथ पौडैलले जानकारी दिनुभयो ।

२०७७ हृदयचन्द्र सिंह स्मृति पुरस्कार प्रा डा ताराकान्त पाण्डे र २०७८ को हृदयचन्द्र स्मृति पुरस्कार नियात्राकार विष्णु शर्मा पराजुलीलाई दिने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि जनही २५ हजार रहेको छ ।

यस्तै २०७८ सालको गोपालप्रसाद रिमाल पुरस्कार कवि वासुदेव अधिकारी र २०७९ को गोपालप्रसाद रिमाल पुरस्कार कवि एवं समालोचक डा गीता त्रिपाठीलाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उक्त पुरस्कारको राशि जनही रु २० हजार रहेको छ । उक्त पुरस्कार यही असार १८ गते प्रदान गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया