दरबार हाईस्कुलमै पाठ्यपुस्तक छैन, अन्यत्र के होला ? : योगेश भट्टराई

  असार १२, २०७९

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री योगेश भट्टराईले राजधानीको दरबार हाई स्कुलमै पाठ्यपुस्तक अभाव रहेको बताउनुहुँदै अध्ययन र अध्यापनमा अवरोध सृजना गरेको बताउनुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुहुँदै भट्टराईले यस्तो बताउनुभएको हो । भट्टराईले प्रदेशस्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराउँदै तत्काल किताब उपलब्ध गराउन माग गर्नुभयो ।

संसदमा शिक्षामन्त्रीले १५ दिनमै पाठ्यपुस्तक पुर्‍याउनु प्रतिबद्धता जनाएको स्मरण गराउँदै उहाँले सोमबार १५ दिन पुग्ने भए पनि हालसम्म पाठ्यपुस्तक विद्यालयमा पु¥याउने काम नभएको बताउनुभयो। पाठ्यपुस्तक नहुँदा विद्यार्थी विद्यालय नजाने र अध्यापनमा समस्या भएको भन्दै उहाँले तत्काल पाठ्यपुस्तक उपलब्ध गराएर सहज रुपमा अध्ययन र अध्यापनको वातावरण बनाउन सरकारसँग माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया