सिलवालको बाको कोट विमोचन

  असार ११, २०७९

काठमाडौँ, असार ११ : कवि राजन सिलवालको तेस्रो कृति बाको कोट लघु कथा सङ्ग्रह आज राजधानीमा विमोचन गरियो । साहित्यकारहरु देवु लुइँटेल, श्यामकुमार भट्टराई, सिलवाल, भरतकुमार भट्टराई लगायतले संयुक्त रुपमा सो कृति विमोचन गर्नुभएको हो ।

यसअघि सिलवालका दुई कृति ‘जीवनका इन्द्रेणी’ कविता सङ्ग्रह र ‘दुई हजार सोह्र पाइला’ मुक्तक सङ्ग्रह प्रकाशित भएका छन् । शनिबार विमोचन गरिएको उक्त पुस्तकमा १०४ लघुकथा समावेश छन् । पुस्तकको समीक्षा गर्दै प्रा डा भरतकुमार भट्टराई र रामहरि गैरेले कृति पठनीय रहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया